सुर्खेतमा लागु औषधसहित तिनजना पक्राउ

सुर्खेत । सुर्खेतमा लागु औषधसहित प्रहरीले तिनजनालाई पक्राउ गरेको छ । हिजो राती वीरेन्द्रनगर ६ राधाकृष्ण मन्दिर सद्भावनाटोलबाट तिनजनालाई पक्राउ गरिएको हो ।
उक्त स्थानमा लागु औषधको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर ५ का २७ वर्षीय अम्मर बि.क, सोही स्थानका २२ वर्षीय राजन केसी र वीरेन्द्रनगर ६ का ढकेन्द्र बि.कलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ सय ८० मिलिग्राम लागु औषध जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।