
सुर्खेत । सुर्खेतमा ब्राउन सुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं १३ गुप्तीपुरका ३० वर्षीय बिक्रम भनिने ओमबहादुर सार्की रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उनको साथबाट लागुऔषध जस्तो देखिने १ पुरिया खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

फरकबाटो २४ असार २०८०, आईतवार १०:५७