
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गरेका छन् । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गरेका हुन् ।
हिजो आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेको तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री थापाले बताए ।

फरकबाटो ११ पुष २०७९, सोमबार १४:०१