कर्णाली प्रदेश सभाको बैठक आईतबार सम्मका लागि स्थगित


सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आगामी आईतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ ।

दोस्रो अधिवेशनको बाईसौं बैठकमा आज कर्णाली प्रदेश विनियोजन विद्येयक २०८० अन्तर्रगत आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालय , भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शिर्षकहरुमाथि छलफल गरिएको थियो ।

कर्णाली प्रदेश विनियोजन विद्येयक २०८० अन्तर्रगत आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि विनियोजन भएको बजेटमा सांसद विनोद कुमार शाहले खर्च कटौतिको प्रस्ताव पेश गरेका थिए । सरकारले ल्याएको बजेटमा कुनैपनि तारताम्य नमिलेको कारण शिर्षक खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव पेश गरेको उनले बताए ।

यस्तै सांसदहरु बिन्दमान विष्ट,सांसद जानकी सिंह,सांसद जितबहादुर मल्ल, सांसद रणसिंह परियार, सांसद पुर्णबहादुर खत्री ,सांसद विरबहादुर शाहीले समेत धारणा राखेका थिए । कर्णाली प्रदेश सरकारले ल्याएको बजेट नागरिक मैत्री नभएको र यसलाई सुधार गर्नुपर्ने सांसदहरुको भनाई रहेको थियो ।