थप एकजना नक्कली भुटानी शरणार्थी पक्राउ


सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको हो ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।
शुक्रबार नै परिसरको टोलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई बौद्धबाट पक्राउ गरेको थियो। उनीहरु दुवैजना विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ।