नेपालगञ्जमा कारागारभित्र एक कैदी मृत भेटिए


सुर्खेत । बाँकेको नेपालगञ्जमा रहेको कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।