अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो


सुर्खेत । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ ।

बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण अध्यावधिक गर्न सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।