सेनिटाइजर जस्तो तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु

 

सुर्खेत । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए ।

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई शुक्रबार राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।