
सुर्खेत । नेकपा माओबादी केन्द्रका दुई सांसद मन्त्री पदमा नियुक्त भएका छन् । सांसद कृष्णा शाह र सांसद रातो कामी मन्त्री पदमा नियुक्त भई सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । आज प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयमा नाम पठाएका थिए।
यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो।

फरकबाटो १३ भाद्र २०७९, सोमबार १६:१९