सुर्खेत । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८ हजार नाघेको छ भने हजारौँ घाइते भएका छन् ।
टर्कीएमा मात्रै २४ हजार ६ सय २७ जना र सिरियामा तीन हजार, ५ सय ७५ जनाले ज्यान गुमाएको तठ्ठ्यांक छ ।
मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।
टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।
उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् ।
भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको निधन भएको छ ।
भूकम्प गएको १ सय २९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ । भूकम्प प्रभावित नुरुदाग सहरमा उक्त चमत्कार भएको हो ।
कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन् । आज नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
मानवीय सहायतासम्बन्धी राष्ट्रसंघका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन् ।
फरकबाटो २९ माघ २०७९, आईतवार ०९:२०