पुरुष भलिबल  :  तेस्रो खेलमा नेपाल इरानसँग पराजित


सुर्खेत । किर्गिस्तानमा भइरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले नेपाललाई २५–१६, २५–२२ र २५–२२ को सेटमा हरायो । नेपाल यसअघि मङ्गोलिया र किर्गिस्तानसँग पराजित भएको थियो । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले चौथो खेलमा भोलि तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौँ खेलमा किर्गिस्तानको बी टोलीसँग खेल्ने छ ।