विश्वकप खेल्ने न्युजिल्याण्डको टिम घोषणा

काठमाडौं । साविकको उपविजेता न्युजिल्याण्डले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ। न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

न्युजिल्याण्ड टिममा रहेका मार्टिन गुप्टिल आफ्नो सातौं टी-ट्वान्टी विश्वकपको लागि तयारी गरिरहेका छन् । जुन आफैंमा एक अविश्वसनीय उपलब्धि हो ।

सातौं टी–ट्वान्टी विश्वकपका लागि गुप्टिलको छनोटसँगै उनी ड्वेन ब्राभो, क्रिस गेल, मोहम्मद महमुदुल्लाह र मुश्फिकुर रहिमजस्ता खेलाडीको सूचीमा सामेल भएका छन् ।

शाकिब अल हसन र रोहित शर्मा आठौं विश्वकपको तयारीमा रहेका छन् । टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

न्युजिल्याण्ड अघिल्लो संस्करणमा फाईनलमा अष्ट्रेलियासँग पराजित भएर उपविजेता बनेको थियो । न्युजिल्याण्डले अक्टोबर २२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टी–ट्वान्टी विश्वकप सुरुवात गर्नेछ ।