पालिका चुनावमा एक लाख ४५ हजारभन्दा धेरै उम्मेदवार (सूचीसहित)

काठमाण्डाै । निर्वाचन आयोगले पालिका चुनावको लागि उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ । आयोगले मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका १ लाख ४५ हजारभन्दा धेरै उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको र अझै पनि यो सूचीमा केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

पालिका चुनाव–२०७९ का लागि हिजो बेलुकासम्म निर्वाचन आयोगमा प्रविष्ट भएका उम्मेदवारको सम्पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस् ।