कृषि विकास बैंकले माग्यो १ सय ७९ कर्मचारी, असार ७ गतेसम्म आवेदन दिन पाइने

सुर्खेत । कृषि विकास बैंकले नवौँदेखि चौथो तहसम्मका कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न पदमा रिक्त रहेकोमा १७९ जनाका लागि आवेदन आह्वान गरेको हो । आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख ८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत सिए, (७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ ।

यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।