प्रधानमन्त्री प्रचण्डसँग साउदीका राजदूतको भेट


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले आज शुक्रवार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।