लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने


सुर्खेत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनेभएका छन् । यसअघि हिजो नै विश्वासको मत लिने तयारी भए पनि सार्वजनिक बिदा परेको कारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेश सभाको अधिवेशन आज बोलाइएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक आज बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले निकालेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेश सभामा रहेका आठ दलका ५३ जना सांसदको समर्थनमा गत वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३र३ र जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र १र१ सांसदसहित ५३ जनाको समर्थन छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन् ।