मंसिर १९ गते नारायण गोपाल स्मृति साँझ हुँदै

 

सुर्खेत । स्वरसम्राट नारायण गोपालको स्मृतिमा मंसिर १९ गते आइतबार सुर्खेतमा नारायण गोपाल स्मृति साँझ हुँदैछ । बागीना समूह सुर्खेतको आयोजनामा नारायण गोपाल स्मृति साँझ हुन लागेको हो ।

मंसिर १९ गते आइतबार साँझ ५ बजेदेखि बागीना समूहको प्रागणमा हुने जनाइएको छ । विगतका वर्षदेखि बागीना समूहले नारायण गोपाल स्मृति साँझ कार्यक्रमगर्दै आएको थियो । बिचमा कोरोनाका कारणले प्रभावित भएको थियो ।

अहिले कोरोनाको अवस्था सामान्य भए पछि यस वर्ष स्मृति साँझ गर्न लागेको स्मृति साँझ कार्यक्रमका संयोजक प्रेम प्रकाश खड्काले जानकारी दिए ।

कार्यक्रममा बागीनाका स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले नारायण गोपालका गितहरु गाउने उनले बताए । भ्याली म्यारेडियन एकेडेमीका छात्रछात्राहरुको प्रस्तुती रहेको आयोजकले जनाएको छ ।