१ लाख ४० हजार रुपैयाँ घुससहित शम्भुनाथ नगरपालिकाका इन्जिनियर पक्राउ


सुर्खेत । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।

निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले इन्जिनयर साहलाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा साहलाई रकमसहित कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यता सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय इटहरीले जनाएको छ ।