सुर्खेत । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उनले अहिलेसम्म ४३ हजार १ सय १ मत ल्याएका छन् ।
लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३५ हजार १ सय ४९ मतले अगाडि छन् । श्रेष्ठले अहिलेसम्म ७ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत प्राप्त गरेका हुन् ।
फरकबाटो १२ बैशाख २०८०, मंगलवार ११:०३