काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको हो ।
उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल गरे । खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे ।
नेपालका मणि लामाले एक गोल फर्काए ।
बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमै तीन गोलले पछि परेको थियो । दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप दुई गोल व्यहोरेको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।

फरकबाटो २७ चैत्र २०७८, आईतवार १२:३३