काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सोमबार एक खेल हुँदैछ ।

सोमबार हुने एक मात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
राजस्थान आज चौंथो जित निकाल्ने योजनामा रहेको छ । राजस्थान ५ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । कोलकत्ता पनि चौंथो जितको खोजीमा हुनेछ ।
कोलकत्ता ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा कोलकत्ता बलियो देखिएको छ ।
पछिल्लो पाँच भेटमा कोलकत्ताले ३ खेलमा जित निकालेको छ । दुई खेलमा राजस्थान विजयी भएको छ ।

फरकबाटो ५ बैशाख २०७९, सोमबार १०:५९