नापी कार्यालय चाबहिलका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दामा प्रमुख नापी अधिकृत महर्जन, नापी अधिकृत शंकर पाण्डेय, सर्वेक्षक रामनारायण यादव, मालपोत कार्यालय, चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले, नायब सुब्बा उत्तम कुँवरसहित कागेश्वरी मनोहरा नगरपालिका–९ का सीताराम अधिकारी र काठमाण्डौ महानगरपालिका–९ का नवीन दाहालविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

काठमाण्डौ विकास प्राधिकरणको सहमतिविना स्मार्ट सिटीअन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुसी जोडी नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको अख्तियारको आरोप छ । कित्ताकाट गर्ने क्रममा उनीहरूले आफूहरूलाई लाभ प्राप्त गर्ने उद्देश्यले कित्ताहरूको आकार–प्रकार परिवर्तन गरेको आयोगको दाबी रहेको छ ।