समाजवादी मोर्चाको पहिलो बैठक सुरु


सुर्खेत । समाजवादी मोर्चाको पहिलो बैठक आज एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्