नयाँ बानेश्वरमा द्वन्द्व पीडित सङ्घर्ष समितिको विरोध प्रदर्शन


सुर्खेत । द्वन्द्व पीडित सङ्घर्ष समितिले संसदमा पेस भएको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी विधेयक) संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

सङ्घर्ष समितिले मङ्गलवार काठमाण्डौको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो । समितिले आफूहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएको छ ।

आन्दोलनका सहभागीहरुले विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताएका छन् । शान्तिपूर्ण रूपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको गुनासो उनीहरुको छ । आन्दोलनमा आएका द्वन्द्व पीडितमध्ये आठ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको समेत उनीहरुले जानकारी दिएका छन् ।

प्रदर्शनकारीहरूले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर, सरकार मेरो पति खोइ रु लुटिएको सम्पत्ति फिर्ता गर, पीडितलाई परिपूरणको ग्यारेन्टी गर, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ रु घाइते, अपाङ्ग र अशक्त पारिएकाहरूको उपचारको ग्यारेन्टी गर लगायतका प्ले कार्ड बोकेका थिए । केही समययता द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थालगायत द्वन्द्वपीडित परिवारका सदस्यले टीआरसी विधेयकको विरोध गर्दै आएका छन् ।