अरिङ्गालले टाेकेर रुकुम पश्चिममा १ जनाकाे ज्यान गयाे

रुकुम पश्चिम । रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । अरिङ्गालले टोकेर त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो ।

तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत थिए ।

साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उनलाई ५० वटाभन्दा धेरै अरिङ्गालले टोकेको थियो । अरिङ्गालले टोकेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि उनलाई आज नेपालगञ्ज लगिँदै थियो ।