सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बयान सकियो

काठमाडौं । बालिका बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको जानकारी दिए।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो अभियोगपत्र दायर गरेको थियो। त्यसपछि अदालतमा आज सन्दीपको बयान भएको हो। सूचना अधिकारी दाहालका अनुसार अभियुक्तको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस हुनेछ।

सन्दीपमाथि गत ५ भदौमा काठमाडौंको एक होटेलमा पुर्याएर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।