
सुर्खेत । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकारलाई काठमाण्डौको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सुझाव दिए ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले काठमाण्डौको हितमा काम गर्न आग्रह गर्दै त्यसो गर्न नसके सिंहदरबार अरू पालिकामा सार्न सुझाव दिए । उनले सिंहदरबार सारे पनि, राजधानी सारे पनि काठमाण्डौवासीलाई आपत्ति नहुने पनि बताएका छन् । शाहले काठमाण्डौवासीलाई राजनीति नभएर सम्पदा, संकृति, कला, सभ्यता चाहिने उल्लेख गरेका छन् ।
उनले लखेका छन् ‘कि काठमाण्डौको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाण्डौवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सम्भता चाहिन्छ, राजनीति होइन ।’
सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको थियो । सङ्घीय सरकारले यस्तो निर्णय गरेपछि मेयर बालेन्द्र शाहको यस्तो अभिव्यक्ति आएको हो ।

फरकबाटो ३० चैत्र २०७९, बिहीबार १५:०६