
सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा मतदानको काम सम्पन्न भएको छ । स्थानिय तह र प्रदेश सभाबाट एक–एक मत भने नखसकेको हो ।
प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार स्थानिय तहका एक पदाधिकारी र प्रदेश सभाका एकजना सदस्यले मतदान नगरेका हुन् ।
स्थानिय तहका १ सय ५६ पदाधिकारी मध्ये १ सय ५५ र प्रदेश सभाका ३५ जना सदस्य मध्य ३४ जनाले मतदान गरेका हुन् ।
बिहान नौ बजेदेखी तिनबजे सम्मको लागि तोकिएको समयमा १ सय ८९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी निर्मला रेग्मीले जानकारी दिईन् ।
उनका अनुसार निर्वाचन धाँधलीरहित भएको हो । मतदानको काम सकिएसंगै मत गणना समेत सुरु गरिने उनले बताईन् ।

फरकबाटो १२ माघ २०७८, बुधबार १५:१८