
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको हो ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गर्न सफल भएको हो ।

फरकबाटो १७ श्रावण २०७९, मंगलवार १९:१०