काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा संसद् सुरु गराउन गम्भीर पहल गर्ने सहमति भएको छ ।
सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको जानकारी दिए ।
उनले एमालेसँग संवाद गरेर संसद् सुरु गराउन बैठकले महत्त्वपूर्ण आधार प्रदान गरेको विश्वाससमेत व्यक्त गरे ।
फरकबाटो २ फाल्गुन २०७८, सोमबार १९:२८