सिमान्तकृत कृषकहरुलाई इनपुट भौचर वितरण कार्यक्रम सम्पन्न

सुर्खेत । सिमान्तकृत कृषकहरुलाई इनपुट भौचर वितरण गरिएको छ । अतिविपन्नको घरपरिवर अन्तर्गत रोजगार गुमाएका घर बगैंचा लगाउन र हरित उद्यम प्रवद्र्धन गर्न इच्छुुक तथा युवा, अपाङ्गताभएको, घरमाआश्रित (बृद्ध, बच्चा, विरामी) भएका घरधुरी लक्षितगरि इनपुट भौचर वितरण गरिएको हो ।

कृषक समूह लगनशील तरकारी तथा विउउत्पादन कृषक समूह, लेकवेशी न पा ४ कुमाइघारिका २४ किसान घरधुरी र बासँघारी कृषक समूह, भेरिगंगा २ बासँघारीका २५ किसान घरधुरी गरी जम्मा ४९ घरधुरीलाई इनपुटभौचरको माध्यम द्धारा प्रतिकृषक घरधुरी ३ हजार २ सय ५० बराबरको कृषि सामाग्रीउपलब्ध गराईएको हो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र स्थानीय सरकारसंगको संयुक्त सहकार्य तथा ब्रिटिस सरकार र भि.एस.ओे. नेपालको श्रोत साझेदारीतामा संचालीत एक्टिभ परियोजनाको सहयोगमा उक्त सहयोग उपलब्ध गराईएको हो । भौचर प्रणाली मार्फत लाभाग्रहीहरुलाई कृषि सामाग्री छनौटको अवसर प्रदान गरिएको थियो ।

महासंघले घरधुरी तहको आवश्यकता पहिचान, भौचर प्रणाली साथै कृषि सामाग्री उपयोग सम्बन्धि अभिमुखिकरण समेत गरेको थियो । इनपुट भौचर र कृषि सामाग्री वितरण कार्यक्रममा लेकवेशी नगरपालिका वार्ड न. ४ का कार्यवाहक वडा अध्यक्ष श्री नन्जिता ढकाल, भेरिगंगा नगरपालिका वार्ड न. २ का वडा अध्यक्ष चिरन्जीवी बुढा र भि.ए.सो अभियन्ता सम्झना आचार्यको उपस्थिति रहेको थियो ।

नगरपालीकाका किसानलाई लक्षितगरि दिर्घकालीन लाभहुने प्रणालीको विकास गरिने वडा अध्यक्ष चिरन्जीवी बुढाको को भनाई रहेको थियो । इनपुट भौचरको अवधारणा कृषिविकास रणनिति देखि लिएर स्थानीय कृषि ऐनमा पनि व्यवस्था गरिएको छ । यसले वितरण प्रणालीमा सुसाशन जवाफदेहितालाई जोड दिदै कृषक र एग्रोभेट सम्बन्ध विकास गराउने कामगर्ने महासंघका केन्द्रिय उपाध्यक्ष शसिराम आचार्यको भनाइ रहेको थियो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपालले लेकवेशी र भेरीगंगा दुबै पालिकाको सरकारको कृषि ऐन, कार्यविधिहरु निर्माणमा प्राविधिक सहजिकरण गरेको थियो । यस ऐनले पालिकाको कृषि प्रणाली सवलीकरणका योगदान पुर्याउने साथै ऐनको कार्यशिलतामा स्थानीय सरकार संगको हातेमालो र सहकार्यमा महासंघले सहजिकरण गर्दै जाने कुरा महासंघका अध्यक्ष सन्तबहादुर खत्रीले बताए ।