शेयर बजारमा भारी सुधार, कारोबार रकम ५ अर्ब


साताको तेस्रो कारोबारको दिन शेयर बजारमा उछाल आएको छ । हिजो सामान्य अंकले बढेको शेयर बजार आज भने भारी अ)कले उकालो लागेको छ ।

आज नेप्शे परिसूचक ५२ दशमलव २६ प्रतिशतले बृद्धि हुँदा २१८१ दशमलव ६८ को विन्दुमा कायम भएको छ ।

आज कुल ५ अर्ब ४७ करोड ६२ लाख २८ हजार रुपैयाँको शेयर कारोबार हुँदा २सबैभन्दा धेरै स्वाबलम्ब लघुवित्त सवत्तीय संस्थाले कारोबार गरेको छ । आज कम्पनीले कुल २५ करोड १२ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज शिभम सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टि होटलले २२ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।