४६ जना निर्माण व्यवसायी पक्राउ

सुर्खेत । सडक विभाग र सिचाईं विभागअघि धर्ना दिन गएका ४६ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याद थप र भुक्तानीलगायतका विषयलाई लिएर निरन्तर आन्दोलनमा रहेका निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल निर्माण व्यवसायी महासंघले निरन्तर आफूहरुले पाउनुपर्ने ५० अर्बको भुक्तानीलगायतका विषयलाई लिएर आन्दोलन गरिरहेको छ । सोही क्रममा आइतबार सिचाईं विभाग र सडक विभागअघि धर्ना दिन पुगेका निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघका महासचिव रोशन दाहालकाअनुसार प्रहरीले धर्नाका लागि गएका ४६ जना निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघले पछिल्ला केही दिनयता निरन्तर आन्दोलन गरिरहेको छ । यसअघि प्रधानमन्त्री निवासलगायतका विभिन्न ठाउँमा व्यवसायीहरुले आन्दोलन गरेका थिए । व्यवसायीहरुले सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन गर्नुपर्ने, भुक्तानीको रकम पाउनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नेलगायतका विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।