एमालेको लुम्बिनी अधिवेशनमा एकहजार प्रतिनिधि सहभागी हुने

सुर्खेत । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले सात प्रदेशमध्ये लुम्बिनी प्रदेश अधिवेशन सबैभन्दा अगाडि आगामी भदौ १६ र १७ गते बुटवलमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

बुटवल–१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुने अधिवेशनमा एमालेले प्रदेशका १ सय ९ वटै पालिकामा भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

प्रदेशका १२ जिल्लामा कुल ८२ हजार ३ सय ३ जना पार्टी सदस्य रहेका कंडेलले बताए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।