कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना निर्विरोध निर्वाचित

 

सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट महिलातर्फ तीन नै जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

कर्णालीबाट मोहनमाया ढकाल, तीर्था गौतम र मीनासिंह रखाल केन्द्रीय समितिमा निर्विरोध निर्वाचित भएका छन् ।