सभामुख पदका लागि भोली १ देखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने


सुर्खेत । सभामुख पदका लागि भोली १ देखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने छन् । जसका लागि प्रतिनिधि सभाको सभामुख चयन गर्न संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। एक जनाभन्दा बढीको उम्मेदवारी परेमा सभामुख चयन गर्न बिहीबार मतदान हुने छ। सत्तारूढ गठबन्धनको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ।