आईएमई पेबाट अब सजिलै ट्राफिक जरिबाना तिर्न मिल्ने


सुर्खेत । आईएमई पेबाट ग्राहकहरूले अब सजिलैसँग ट्राफिक जरिबाना भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकहरूलाई विभिन्न सेवाको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आईएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरू जस्तैस्( कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक जरिबाना भुक्तानी गर्न सकिने बनाएको हो ।

ग्राहकहरूले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ यो सुविधा ल्याइएको आईएमई पेले जनाएको छ । ट्राफिक जरिबाना तिर्नका लागि आईएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गई मागिएको विवरण भरेर सजिलैसँग भुक्तानी गन सकिनेछ ।