काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्को महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसद्माथि नै प्रश्न उठाएका छन् । समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसद्माथि नै प्रश्न उठाएका हुन् ।

न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसद्माथि प्रतिप्रश्न गरेका हुन् । ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रियाबाट जवाफ दिनुभयो । घरीघरी समिति र संसद्लाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा जानुभयो’, समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । जबराले महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ रु भन्दै प्रश्न गरेका थिए ।

फरकबाटो १६ भाद्र २०७९, बिहीबार १५:४७