
सुर्खेत । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही समय अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।

फरकबाटो ३ फाल्गुन २०७९, बुधबार १६:१६