डोल्पाका भास्करको जगदुल्ला ताल सम्मको साइकल यात्रा (फोटो फिचर)

भास्कर बस्नेत । कर्णाली प्रदेशको फोक्सुण्डो ताल र रारा तालमा हुलका हुल पर्यटकहरु ओइरिदाँ डोल्पाको जगदुल्ला तालमा अझै किन पर्यटकहरु आउँदैनन ? मलाई सधैं पिरोलिरहने प्रश्न यहीँ हो ।

त्यसैले आफ्नै ज्यानको बाजी लगाएर यसपालि म दोस्रो पटक साइकलमा जगदुल्ला तालसम्म पुगे बाचा गरेँ । अनि सकुशल फर्के । नाकै ठोकिने उकालोमा तपतप पसिना चुहाउँदै साइकल बोक्दाको आनन्द । त्यो मलाई मात्र थाहा छ।

घोडा खच्चर हिँड्ने साघुरो बाटोमा कतैकतै त नाकै ठोकिने उकालो थियो । कति ठाउँमा मैले साइकललाई बोक्थे त कति ठाउँमा साइकलले मलाई । विगत ४ बर्ष देखि मेरो ‘साइकलको प्रेममा बाँधिएपछि त खुसी खोज्नलाई अन्यत्र पुग्नै नपर्ने रहेछ ।

यो यात्रामा मैले साईकिलिङ गर्दा कलकल बग्ने जगदुल्ला नदीको चिसो पानीले प्यास मेटाउँछु । थकान मारेर फेरि उकालो उक्लन्छु । खुट्टा अडिन नसक्ने बाटोमा साइकल रु बाटामा भेटिनेहरु जिब्रो टोक्थे । साइकल त जगदुल्ला ताल पुग्न सक्छ भने हिँडेरै जगदुल्ला किन नपुग्ने ? यो सन्देश पर्यटकहरुमाझ पुर्याउन मैले यो दुश्साहस बोकेको हुँ ।