दैलेख महाबु गाउँपालिका अध्यक्षको निधन


सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । आज अपरान्ह १२ बजे अध्यक्ष गुरूङको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ७६ वर्षीय अध्यक्ष गुरूङको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा निधन भएको हो ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासि स्वास्थ्यामा समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो ।

उनी कर्णालीका सबैभन्दा जेठा पालिका अध्यक्षसमेत थिए । अध्यक्ष गुरूङ लामो समयदेखि उच्च रक्तचाप र मुटुका बिरामी थिए ।