जग्गा प्राप्तीका लागि सुर्खेतका ५४ हजार बढीले दिए निवेदन

सुर्खेत । राष्ट्रिय भुमी आयोग जिल्ला समिति सुर्खेतमा अहिलेसम्म साढे ५४ हजारले जग्गा प्राप्तीका लागि निवेदन दिएका छन ।

आयोगको जिल्ला समिति सुर्खेतले सोमबार पत्रकार सम्मेलन गरि अहिलेसम्म ५४ हजार ५ सय ९७ जनाको निवेदन प्राप्त भएको जानकारी दिएको हो ।

जसमध्य अव्यवस्थित बसोबासी गरिरहेका मात्रै ४८ हजार ७ सय दुइ जना रहेका छन भने ५ हजार ८ सय ९५ जना भुमीहिन, दलित र सुकुम्बासीहरु रहेका छन ।

आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालका अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगरका नीवेदन रहेका छन । वीरेन्द्रनगरका मात्रै १३ हजार ८ सय ८० जनाले गग्गा प्राप्तीका लागि निवेदन दिएका छन ।

त्यसैगरी, चौकुने गाउँपालिकाका चार हजार चार सय ८१, गुर्भाकोट नगरपालिकाका ६ हजार ४ सय ७०, चिङ्गाड गाउँपालिकाका ८ सय १५ जनाले नीवेदन दिएको पौड्यालले जानकारी दिए।

यस्तै, पञ्चपुरी नगरपालिकाका ७ हजार ३ सय जना, वराहाताल गाउँपालिकाका ४ हजार ६ सय ६३ जना, भेरीगंगा नगरपालिकाका ८ हजार ९ सय ५७ जना, सिम्ता गाउँपालिकाका ३ हजार २ सय ७२ जनाले जग्गा प्राप्तीको लागि निवेदन दिँदा लेकवेसी नगरपालिकाका ४ हजार ७ सय ५७ जनाले निवेदन दिएका छन ।

आयोगले एकपटकका निवदेन दिन छुटेकाहरुको लागि ३५ दिनभित्र लगत संकलनको लागि निवदेन दिन पनि आयोग सुर्खेत समितिले आग्रह गरेको छ ।
सुर्खेत जिल्लाभर करिब ६० हजारले जग्गा प्राप्तीका लागि निवेदन दिने अनुमान छ आयोग सुर्खेत समितिको छ ।

लालपुर्जा वितरण तर लागु हुन ढिलाई

राष्ट्रिय भुमी आयोग सुर्खेत समितिले पुर्वी सुर्खेतको साविक कोट माझखर्कका १ सय ४७ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको जनाएको छ ।
तर जग्गाधनी लालपुर्जा पाएका व्यक्तीहरुले आफ्नो स्वामित्वमा जग्गा आधिकारिक रुपमा लिन नपाएको आयोगले जनाएको छ ।

लालपुर्जा लागु गर्नको लागि कृषि तथा भुमी व्यवस्था मन्त्रालयले स्वीकृत गर्न बाँकी रहेको जनाइएको छ ।

उक्त लालपुर्जा लागु गर्नको लागि मन्त्रालयबाट मालोपोत कार्यालय मेहलकुना कार्यालयलाई निर्देशन गरिदिन आयोग सुर्खेत समितिका अध्यक्ष पौड्यालले आग्रह गरेका छन् ।