दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ  । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।