राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काँक्रेविहार अवलोकन

सुर्खेत । राष्ट्रपति विद्यादेवि भण्डारीले काँक्रेविहार अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार पुरातात्विक एवं ऐतिहासिक काँक्रेविहारको अवलोकन गरेकी हुन् ।

सोही क्रममा वीरेन्द्रनगर नगरपालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी हुन् ।

राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै बास बस्ने र बुधबार बडिमालिका दर्शनका लागि जाने कार्यतालिका रहेको छ ।