
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग सोमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले हवाई सुरक्षामा गृहकार्य गरिरहेकाले पनि त्यो सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।
उनले नागरिक उड्डयन क्षेत्रका साथै संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राखे ।
भेटमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूको प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिए । ईयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उनले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग–अलग निकाय स्थापनाका लागि पनि नेपाललाई आग्रह गरे । उज्यालो

फरकबाटो २४ माघ २०७८, सोमबार १६:५५