
सुर्खेत । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा आक्रमण गरेको छ । घटनामा दुई वर्षीय बालकसहित ८ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका समाचार संस्था अल जजिराले जनाएको छ । आक्रमणमा केही नागरिक बेपत्ता भएका खबरमा उल्लेख छ ।
ठूला भवनका भग्नावशेषमा अझै केही मानिस फसेको हुन सक्ने आशङ्कामा खोजी भैरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । साथै उनले आक्रमणको निन्दा पनि गरेका छन् ।
रुसी सेनाले ५ वटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको युक्रेनको दाबी छ । रुसले अघिल्लो वर्ष फेब्रुअरीदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

फरकबाटो २ बैशाख २०८०, शनिबार ०९:४३