सुर्खेत । सरकारले निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
आज सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले निलगिरि खोला १ र २ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कार्कीले बताए । उनले सरकारले माथिल्लो फावाखोला जलविद्युत् आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको समेत बताए ।
मन्त्री कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत् आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको जानकारी दिए । अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने समेत उनले सुनाए । खाद्य पदार्थम (हेभी मेटल) को अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
बैठकले मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्री कार्कीले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामको जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय गरेको हो ।
फरकबाटो ४ पुष २०७९, सोमबार १९:४७