एमालेकाे बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदाे वर्षकाे बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ ।

/fli6«o ;efsf] a}7sdf ;xefuL ;b:o
sf7df8f}+, !# h]7 M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ /fli6«o ;efsf] a}7sdf ;xefuL ;b:o . t:jL/ M rG›snf If]qL÷/f;;

राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो ।

त्यस्तै मन्त्री खापुङले नै पेस गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गर्नुभएको रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रिय सभाको आउँदो बैठक असार २० गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।