
आज देशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराईरमधेसमा हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौमा लागेको हुस्सु कुहिरो घाम लाग्न थालेसँगै हट्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिएका छन् ।
आज बिहान काठमाण्डौको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । गएको बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।
यसैबीच तराई–मधेसमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । दुईरतीन दिनदेखि घाम लागेको छैन ।
निरन्तर बाक्लो हुस्सु कुहिरो लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्ग्रिँदो चिसो भइरहेको छ । तापक्रम दिनदिनै घट्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी र दीर्घरोगी तथा अल्पसङ्ख्यक समुदाय प्रभावित भएका छन् ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु पनि समस्यामा परेका छन् । मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन् । उनीहरु न्यानो कपडा अभावमा चिसोमा रात काट्न बाध्य छन् ।

फरकबाटो १६ पुष २०७९, शनिबार ११:००