
सुर्खेत । रोजगारीको प्रलोभन देखाएर मानव बेचबिखन क्रियाकलापमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–३ घर भइ काठमाण्डौ बस्दै आएका ४१ वर्षीय प्रकाश शाही ठकुरी भन्ने प्रकाश धिताललाई गएको सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पीडित राधिका (परिवर्तित नाम)ले दिएको जाहेरीका आधारमा उनलाई काठमाण्डौबाट पक्राउ गरेको हो । धिमालले राधिकासहित तीनचार जना अरु महिलालाई गएको बैशाख १२ गते कुवेत लगेका थिए । फ्री भिसा फ्री टिकेट भन्दै राहदानी बनाउने लगायत सबै खर्च आफैले बेहोरेर कुबेत पुर्याइ प्रत्येकलाई ९ सय कुवेती दिनार (झण्डै ३ लाख ८४ हजार नेपाली रुपैयाँ)मा बिक्री गरेको खुलेको ब्युरोले जनाएको छ ।
राधिकालाई गएको असोज १४ गते कुवेतबाट उद्धार गरी नेपाल ल्याइएको थियो । उनले पिडकलाई कारबाही गरिपाउँ भनि पुस २५ मा जोहरी दिएकी थिइन् । । अन्य १० जना नेपाली महिलालाई पनि कुवेत लगेर बिक्री गरेको बुझिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

फरकबाटो १३ माघ २०७९, शुक्रबार २१:३८